खेल

टी-२० विश्वकप : नामिबियाले टस जित्यो, भारतले पहिले ब्याटिङ गर्ने

टी-२० विश्वकपको १८ औं खेल आयोजक भारत र नामिबियाबीच दिल्लीको अरुण जेटली रंगशालामा भइरहेको छ। नामिबियाले टस जितेर बलिङ रोजेको छ।

भारतीय टोलीले अघिल्लो खेलको प्लेइङ एघारमा पनि दुई परिवर्तन गरेको छ। अभिषेक शर्मा र मोहम्मद सिराज खेलिरहेका छैनन्। संजु स्यामसन र जसप्रीत बुमराह फर्किएका छन्।

दुई टोली पाँच वर्षपछि टी-२० अन्तर्राष्ट्रियमा भेट्ने छन्, यसअघि २०२१ को टी-२० विश्वकपमा भेटेका थिए।

पहिलो खेलमा भारतले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको थियो भने नामिबिया नेदरल्याण्ड्ससँग पराजित भएको थियो। आजको जितले भारतलाई समूह "ए' को अंक तालिकाको शीर्ष स्थानमा पुर्‍याउन सक्छ। नामिबियाको पनि जितसँगै दोस्रो स्थानमा पुग्ने मौका छ। पाकिस्तान ४ अंकसहित पहिलो स्थानमा छ।

प्रकाशित: २९ माघ २०८२ १८:५९ बिहीबार