खेल

टी-२० क्रिकेट सिरिजः नेपालको कसिलो बलिङ, युएई क्याप्टेन वासिम गोल्डेन डकआउट

नेपाल र युएईबीचको दोस्रो तथा अन्तिम टी-२० अन्तर्राष्ट्रिय क्रिकेट जारी छ। नेपालले टस जितेर बलिङ रोजेपछि युएईले अहिले ब्याटिङ गरिरहेको छ। नेपालले युएईविरूद्ध कसिलो बलिङ गरेको छ। तेस्रो ओभरको समाप्तिमा युएईले ३ विकेट गुमाएर २३ रन बनाएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले आफ्ना कप्तान मोहमद वासिमलाई इनिङ्सकै पहिलो बलमा शुन्य रनमा गुमाएको छ। उनी हेमन्त धामीको पहिलो बलमै एलबीडब्लू धरापमा परे। अन्तर्राष्ट्रिय टी२० को डेब्यू म्याचमा सोमबार एकमात्र आफ्नो ओभरमा २० रन खर्चेका धामीले मंगलबार भने पहिलो बलमै नेपाललाई सफलता दिलाएका हुन्।

यस्तै आलिशन सराफू नन्दन यादवको बलमा एक रनमा विकेटकिपर लोकेश बमद्वारा क्याच आउट भए। लगत्तै हरपित सिंहलाई धामीले एक रनमा  एलबीडब्लू आउट गरे।  

पहिलो खेलमा भने युएई ६ विकेटले विजयी भएको थियो। सिरिज बचाउन आज नेपाललाई जित्नै पर्ने दबाब छ।

प्रकाशित: ८ वैशाख २०८३ १७:२० मंगलबार