स्वस्तिका विष्ट र शिभाली गुरुङ बुधबार होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा स्वस्तिकाले कर्मिस्था श्रेष्ठलाई ६–० र ६–० तथा शिभालीले साल्भी शेरचनलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पराजित गरे । पुरुष सिंगल्समा प्रदीप खड्काले देवाशिष रेउलेलाई ६–० र ६–१, आयुष्मान्हजुर घलेलाई ६–२ र ६–१, छेवाङ लामाले निश्चल कायस्थलाई ७–५ र ६–४, राजवीर प्रधानले सर्वेश खनाललाई ६–० र ६–१, प्रणव मानन्धरले विपुल अधिकारीलाई ६–० र ६–२, सक्षमविक्रम शाहले दर्शिल श्रेष्ठलाई ६–४ र ६–४, निशान श्रेष्ठले असभसम्राट हाडालाई ६–० र ६–० तथा निहालजंगबहादुर थापाले सन्तोष खत्रीलाई ६–४ र ६–३ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे।
होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगिताको यु–८ ब्वाइज सिंगल्समा गगन श्रेष्ठले विविध भट्टचनलाई १०–६, ८–१० र १०–४ तथा सर्वज्ञजंग खत्रीले सात्विक मल्होत्रालाई १०–६ र १०–६ ले पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरे। सो स्पर्धाको गल्र्समा स्वर्णिमा श्रेष्ठले बेनाफ्सा महर्जनलाई १०–६ र १०–४ तथा भानी राजभण्डारीले अनुपमा श्रेष्ठलाई १०–८ र १०–८ ले पन्छाउँदै फाइनलमा स्थान पक्का गरे। यु–९ गल्र्स सिंगल्समा निम्ति कुँवर, अमिरा गुप्ता, सहारा कायस्थ र हीरादेवी ऐडीले जित हात पारे। त्यसै स्पर्धाको ब्वाइजमा सर्वज्ञजंग खत्री विजयी भए।
यु–१० ब्वाइज सिंगल्समा सोनाम घले, आहान भट्टराई, कायान चालिसे र भिरल अग्रवालले सफलता पाए। यु–१२ ब्वाइज सिंगल्समा आरित मल्ल, निधाये राणा, अभिषेक बलयलकोटी, वेदान्त चालिसे, सभ्यजंग कार्की, सुजन कुइँकेल, आर्यशराज पौडेल र विश्वविशेष डल्लाकोटी सफल भए।
उक्त स्पर्धाको गल्र्समा स्वराह थापा, अनुश्री ध्वजु, सरा पन्त र नाइरा घलेले जित हात पारे। यु–१६ ब्वाइज सिंगल्समा सुरेन्द्र विक, असभसम्राट हाडा, साङ्गे रोकाया र दर्शिल श्रेष्ठ विजयी भए।
प्रकाशित: २० कार्तिक २०८२ ०७:५३ बिहीबार