खेल

लगातार ओभरमा सुदूरपश्चिमलाई दुई झट्का

टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिम रोयल्सले पावरप्ले(०–६ ओभर)मा सन्तुलित सुरुवात गरेपनि त्यसपछि लगातार ओभरमा दुई झट्का लागेको छ। छैटौँ ओभरमा ४६ रन जोडिसके पनि सोही ओभरको चौथो बलमा ओपनर विनोद भण्डारी १७ बलमा २१ रन जोडेर आउट भए। चितवन राइनोजका लागि उनको विकेट रञ्जित कुमारले लिए।  

त्यसपछि सातौँ ओभरमा सैफ जैबले ईशान पाण्डेलाई पनि आउट गरे। सात ओभरको खेल सकिँदा सुदूरपश्चिम २ विकेटको क्षतिमा ४९ रनमा छ।  

क्रिस लिनले अविजित २१ बलमा २५ रन बनाएर खेलिरहेका छन्।  

प्रकाशित: १८ मंसिर २०८२ १६:४८ बिहीबार