खेल

सुदूरपश्चिमलाई पहिलो ओभरमै झट्का, जोस ब्राउन आउट

त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा सुदूरपश्चिम रोयल्सले निकै खराब सुरुवात गरेको छ।

टस जितेर पहिले फिल्डिङ रोजेको काठमाडौं गुर्खाजले इनिङको पहिलो ओभरमै ठुलो सफलता हात पारेको हो।

काठमाडौंका तीव्र गतिका बलर करण केसीले सुदूरपश्चिममाथि हावी हुँदै इनिङको दोस्रो बलमै पहिलो विकेट लिएका छन्।

केसीले सुदूरपश्चिमका विदेशी खेलाडी तथा विस्फोटक ओपनर जोस ब्राउनलाई एलबीडब्लू धरापमा पार्दै पेभिलियन फर्काएका हुन्।

ब्राउन खाता नै नखोली डक आउट भएपछि सुदूरपश्चिम रोयल्स सुरुवातमै दबाबमा आएको छ। यो समाचार तयार पार्दासम्म सुदूरपश्चिमले ०.२ ओभरमा १ विकेट गुमाएर ० रन बनाएको छ।

प्रकाशित: ३ मंसिर २०८२ १६:०८ बुधबार