सर्वाधिक फ्यान फलोइङ, मैदान नै कब्जा गर्ने हज्जारौँ समर्थक, भूगोलमा पनि उस्तै क्रिकेटिङ कल्चर, टिमको पनि लिगभरी जब्बर प्रदर्शन। तर, फाइनलमा पुगेर फ्यास्स हार।
यो कथा, नेपाल प्रिमियर लिग(एनपिएल) टोली सुदूरपश्चिम रोयल्सको हो। एनपिएलको पहिलो सिजनमै यो कथा कोरिएको थियो। पहिलो सिजन त उसका लागि यो खट्टामिठ्ठा कथा थियो। यस पटक भने उसको नसिबमा बारम्बारको नियति बनेर बर्षिएको छ।
नियति यसअर्थमा बन्यो कि पहिलो सिजनमा कोरिएको कथाजस्तै दोस्रो सिजनमा पनि सुदूरपश्चिम रोयल्स उसैगरी फाइनलमा पुगेर स्तब्ध बनेको छ। लिग चरण र पहिलो क्वालिफायरसम्मको यात्रा पहिलो सिजन जस्तै करिस्मायी प्रदर्शन गरेको सुदूरपश्चिम अन्ततः फाइनलमा लुम्बिनी लायन्ससँग ६ विकेटले निरास बन्यो।
जसको प्रभाव रनरेटमा देखियो। तेस्रो ओभरमा शेलडन ज्याक्सन पनि आउट भए। उनको आउट हुनुमा अम्पायरको गलत निर्णय मान्न सकिन्छ। पाँचौ ओभरमा मध्यक्रममा भरपर्दा ब्याटर आरिफ शेख पनि आउट भए।
फाइनलको प्रेसर खेलमा यसरी सुरुमै तीन विकेट झरेपछि ६ ओभरमा जम्मा २० रनको स्थितिमा रह्यो। जसको दबाब क्रिजमा रहेका ईशान पाण्डे र कप्तान दीपेन्द्रसिंह ऐरीमाथि देखियो। उनीहरू त्यसपछि १० औँ ओभरसम्म खुलेर खेल्नै सकेनन्। अर्कातिर लुम्बिनीको टिम उत्साहित थियो। विकेट किपर निरोसन डिक्वेलाको आवाजले दीपेन्द्र तनाव लिइरहेका थिए। जसको कम्प्लेन उनी अम्पायरसम्म गर्न पुगेका थिए।
११ आँैमा दीपेन्द्रले आक्रामक खेल्न खोज्दा लुम्बिनीका कप्तान रोहित पौडेललाई विकेट सुम्पिए। त्यसपछि धमाधम थप दीपक बोहरा र पुनीत मेहराको पनि विकेट लिएर रोहितले ह्याट्रिक पूरा गरे। त्यसरी ११ ओभर सकिँदा सुदूरपश्चिमले ६ विकेट गुमाएर जम्मा ४४ रनको स्थितिमा थियो।
तर, सुदूरपश्चिमसँग त्यो टार्गेट थिएन, धेरै सानो थियो। जसमा उत्कृष्ट बलर धमाधम दुई–तीन विकेट निकाल्न सके। दबाबमा ल्याएर बचाउन कोसिस गर्न सकिन्थ्यो। त्यहाँ सुरुकै बलदेखि सानो पनि मौका दिने छूट थिएन। उनी राम्रा बलर हुन्। तर, नयाँ बल र डेथ ओभरका लागि अनुशासन कायम राख्नसके उनी भन्दा राम्रा बलर अविनास नै हुन्।
ती अविनासलाई ७ ओभर सकिँदासम्म पनि बलिङमा ल्याइएन। आठौँ ओभरमा ल्याउँदा उनले एक विकेट निकालेर दिए। तर उनी बलिङमा आउँदा लुम्बिनीलाई ३ रन मात्रै चाहिएको थियो।
क्रिकेटमा टसको महत्व धेरै अर्थपूर्ण मानिन्छ। टस जित्दा कन्डिसन हेरेर टिमले टिमको परिस्थिती, परिवेश, मौसम र मैदानअनुकुल निर्णय लिन सक्दछन्। तर फाइनल खेलमा सुदूरपश्चिमले यी कुरामा आँखा चिम्लिएको देखियो। भलै कप्तान दीपेन्द्र र टिम म्यानेजमेन्टको आफ्नो फरक सोच होला।
सुदूरपश्चिमका लागि गत सिजनको हारभन्दा यो हार निकै लामो समयसम्म बिझाइराख्ने निश्चित छ। अघिल्लो सिजन फाइनलमा सुदूरपश्चिमले १८४ रनको शानदार लक्ष्य तयार पारेको थियो। भलै त्यसलाई राम्रो फिनिसिङ गरेको भए २०० नाघ्न सक्थ्यो। जसलाई जनकपुरले संघर्ष गरेरै जितेको थियो। जनकपुर ब्याटिङ, बलिङ सबैमा बलियो सन्तुलित पनि थियो। दुवै टिम लिगमा टेबल टपर थिए। अर्को कुरा त्यो पहिलो सिजन थियो। हार पनि पहिलो नै थियो। अर्को वर्ष उस्तै ऊर्जासहित एनपिएल सुरुवात गर्ने मौका सुदूरपश्चिमले पायो पनि।
यसपटक फाइनलमा गरेको आफ्नै प्रदर्शनसँग सुदूरपश्चिमेली टोली सन्तुष्ट हुन सहज छैन। एउटा सारै खराब सपनाजस्तो गरी उसका लागि यो फाइनल गुज्रिएको छ। लिगमा दबदबा जमाउँदै फाइनलमा पुगेको टोली लिगको चौथो स्थानमा रहेर बल्लतल्ल प्लेअफमा पुगेको टोलीसँग पराजित भयो। त्यो पनि यो स्तरमा। जुन अघिल्ला प्रदर्शनअनुसार कसैले कल्पना नै गर्नसकेको थिएन।
यसैमा पनि दुई पटक दबदबासहित लगातार टेबल टपर, पहिलो क्वालिफायरबाट सिधै फाइनल र दुवै पटक हार हुनु सुदूरपश्चिमका लागि अर्को नराम्रो हकिकत बनेर सामुन्ने उभिएको छ। ‘लिगभरी राम्रो फाइनलमा फ्यास्स’ हुने नयाँ चित्र नेपाली क्रिकेटमा सुदूरपश्चिमको देखिएको छ।
विश्व क्रिकेटमा दक्षिण अफ्रिकालाई यस्तै प्रदर्शन दोहोरिरहने भएकाले ‘चोकर्स’को उपमा दिइन्छ। सधैँका आइसिसी इभेन्टमा राम्रो र दाबेदार टोली मानिने दक्षिण अफ्रिकाले केही समयअघिसम्म कहिल्यै आइसिसी इभेन्ट नजितेको खराब ईतिहास थियो। यसैवर्ष उसले अस्टे«लियालाई हराउँदै विश्व टेस्ट च्याम्पियनसिप जितेको छ।
सुदूरपश्चिम रोयल्सले त्यस्तै अवस्था नदेख्न अर्को वर्ष नयाँ ऊर्जा र उत्साहका साथ देखिनुपर्ने छ।
बधाई लुम्बिनी लायन्स, बधाई एनपिएल, बधाई नेपाली क्रिकेट।

प्रकाशित: २७ मंसिर २०८२ २०:१४ शनिबार