भारतविरुद्धको पहिलो टेस्ट बचाउन श्रीलंका संघर्ष गरिरहेको छ। भारतले दिएको ३७२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले लञ्चसम्म ६ विकेट गुमाएर मात्र १७५ रन बनाएको छ। जितका लागि श्रीलंकालाई अझै १९७ रन आवश्यक छ भने टेस्ट सिरिजमा अग्रता बनाउन भारतलाई ४ विकेटको खाँचो छ।
४ विकेटको क्षतिमा ८४ रनबाट आज पाँचौं तथा अन्तिम दिनको खेल थालेको श्रीलंकाले १५६ रनमै थप २ विकेट गुमाएको थियो।
क्याप्टेन धनन्जय डी सिल्भा ५९ रनमा आउट भए भने सोना दिनुस ६५ रनमा क्रिजमा छन्। ४७ रन जोड्दा ४ विकेट गुमाएपछि संकटमा परेको श्रीलंकाको इनिङ्स सिल्भा र दिनुसले सम्हालेका हुन्।
बलिङमा भारतका लागि मानव सुथार र प्रशिद्ध कृष्णाले समान २ तथा मोहमद सिराज र रविन्द्र जडेजाले समान एक विकेट लिएका छन्।
श्रीलंकाले पहिलो इनिङ्समा २८४ रन बनाएको थियो । पहिलो इनिङ्समा ४६२ रनको उच्च योगफल बनाएको भारत दोस्रो इनिङ्समा भने १९३ रनमा अलआउट भएको थियो।
प्रकाशित: ३ भाद्र २०८३ १२:५७ बुधबार