नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीले कप्तान रोहित पौडेललाई धन्यवाद व्यक्त गरेका छन्।
सोमपालले रोहित उमेरमा आफूहरूभन्दा कान्छो भए पनि राष्ट्रको ठूलो अपेक्षाको भार शान्त र संयमित रूपमा बोकेको उल्लेख गरेका छन्। कठिन परिस्थितिमा पनि रोहितले दबाबलाई शक्तिमा बदल्दै टोलीलाई अघि बढाएको सोमपालको भनाइ छ।
उनले अग्रमोर्चामा रहेर नेतृत्व गर्दै आफूले प्रहार सहेर पनि अन्य खेलाडीलाई आत्मविश्वासका साथ उभिन प्रेरित गरेको भन्दै रोहितको प्रशंसा गरेका छन्। ‘साँचो नेतृत्व कस्तो हुन्छ भन्ने तिमीलाई हेरेर सिक्यौँ। उमेर एउटा संख्या मात्रै थियो, तर तिमीले कमाएको सम्मान पूर्ण थियो,’ सोमपालले लेखेका छन्।
सोमपालले रोहितलाई टोलीका लागि दिएको योगदान, कठिन समयमा बोलेका शान्त शब्द र मैदानमा सँगै बिताएका संघर्षपूर्ण क्षणहरूका लागि धन्यवाद दिएका छन्। उनले अन्त्यमा रोहितलाई ‘कप्तान आज पनि र सधैँ’ भन्दै सम्बोधन समेत गरेका छन्।
प्रकाशित: २७ श्रावण २०८३ १४:०२ बुधबार