थाइल्यान्डमा आयोजित नवौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालका शुभम रायमाझीले कास्य पदक जितेका छन्।
रौतहटको चन्द्रपुर नगरपालिका–१ का रायमाझीले ५९ देखि ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै कास्य पदक हात पारेका हुन्। प्रतियोगिता जुलाई ३१ देखि अगस्ट २ सम्म सञ्चालन भएको थियो।
प्रतियोगितामा विभिन्न देशका खेलाडीको सहभागिता रहेको थियो। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि पदक जित्न पाउँदा खुशी लागेको रायमाझीले बताएका छन्।
उनले प्राप्त पदकले आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने हौसला मिलेको बताए।
प्रकाशित: २३ श्रावण २०८३ २१:४६ शनिबार