जीवन मास्कीको ह्याट्रिकको मद्यतमा म्याङलुङ स्पोर्टिङ क्लव तेह्रथुम ताप्लेजुङको तेल्लोकमा जारी पाँचौं अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको सेमीफाइनलमा पुग्ने अन्तिम टोली बनेको छ ।
सिरिजङ्गा गोल्डकपको सेमीफाइनल समिकरण पूरा हुँदा साँगुरीगढी फुटबल क्लव धनकुटालाई ५–२ ले हराउँदै म्याङलुङले अन्तिम चारमा स्थान बनाएको हो । योसँगै म्याङलुङफाइनल यात्राका लागि आइतवार न्यू स्टार फुटबल क्लव झापसंगको भेट पक्का गरेको छ । साँगुरीगढी फुटबल क्लवसँगको अन्तिम क्वाटर फाइनल खेलमा म्याङलुङका लागि जीवन मास्कीले पहिलो,चौथो र पाँचौं गोल गरे । विजयी टिमका लागि जीवन भण्डारी र मेक्सम दासले दोस्रो र तेस्रो गोल गरे । साँगुरीगढीका लागि प्रवेश बस्नेतले पहिलो र सिल्गाले दोस्रो गोल गरे ।
साँगुरीगढी एन्ड्रयु र सिल्गा गरी दुई बिदेशी खेलाडी तथा म्याङलुङ फोडे फोफोना लिएर मैदान उत्रेको थियो । ह्याट्रिक पूरा गरी टिमलाई जीताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका जीवन शुक्रबारको खेलमा म्यान अफ द म्याच बन्दै नगद २ हजार ५ सय रुपैयाँ हात पार्न सफल भए ।
शनिबार हुने पहिलो सेमीफाइनल खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लवले मरिक फुटबल क्लव धरानसँग प्रतिश्पर्धा गर्ने छ ।
प्रकाशित: २६ मंसिर २०८२ १७:२३ शुक्रबार



