खेल

सचिव खड्का भन्छन् : खेलकुदमन्त्री बन्ने चाहना छैन

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफू खेलकुदमन्त्री बन्न नचाहेको बताएका छन्।

पछिल्लो समय जेनजीको आन्दोलनका कारण खेलकुदमन्त्रीको पद रिक्त छ। यस्तो अवस्थामा खेलकुद मन्त्री बन्नका लागि योग्य रहेको भन्दै सचिव खड्काको नाम अगाडि सारिएको थियो।

तर, पारसले पत्रकारहरूसँग बोल्दै खेलकुद मन्त्री बन्ने चाहना आफ्नो नभएको बताए। उनले भने, 'मेरो अहिलेको प्राथमिकता भनेको नै क्यान हो, नेपाली क्रिकेट हो, अहिले मन्त्रायल जाने भनेर सोचेको छैन।'

पारस दुई वर्षअघि क्यानको सचिव पदमा नियुक्त भएका थिए।

प्रकाशित: ३ आश्विन २०८२ ११:२६ शुक्रबार