दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू- २० पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।
साफ यू-२० च्याम्पियनसिप माल्दिभ्स आयोजना हुँदैछ। साफले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले चैत्र ९ गते उद्घाटन खेलमा भुटानको सामना गर्नेछ।
त्यस्तै नेपालले चैत्र ११ मा श्रीलकाको र चैत्र १३ गते माल्दिभ्सको सामना गर्नेछ।
प्रतियोगितामा कूल ७ टोलीले सहभागीता जनाउँदै छन्। प्रतियोगिताको समूह "ए" मा आयोजक राष्ट्र माल्दिभ्ससँग नेपाल, श्रीलंका र भुटान रहेका छन् भने समूह "बी "मा भारत, पाकिस्तान र बंगालदेश रहेका छन्।
प्रतियोगिता मार्च २३ देखि सुरु भएर अप्रिल ४ मा सकिनेछ।
प्रकाशित: २७ फाल्गुन २०८२ १३:३१ बुधबार