भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसीपमा आज नेपाल भारतसँग खेल्दै छ।
शुक्रबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा खेल बेलुका ६:१५ देखि हुनेछ। नेपाल यसअघि नै साफ यू- १७ महिला च्याम्पियनसीपकाे हाेडबाट बाहिरिसकेकाे छ।
जारी प्रतियोगितामा आज नेपालले आफ्नाे पाँचौं खेल खेल्न लागेकाे हाे। नेपालले खेलेकाे ४ खेलमा ३ मा पराजय हुँदा १ खेलमा जित हासिल गरेकाे थियाे।
नेपालले अब अगस्ट ३१ मा भुटानसँग खेल्ने छ।
प्रकाशित: १३ भाद्र २०८२ ०८:५४ शुक्रबार