खेल

साफ फुट्सल च्याम्पियनसिप: महिलातर्फ बङ्गलादेशसँग नेपालको हार

थाइल्याण्डको बैंककमा जारी साफ फुटसल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ नेपालले आज बङ्गलादेशसँग पराजय भोगेको छ।

बैंकक स्थित नोनथाबुरी रङ्गशालाको फुटसल एरिनामा भएको खेलमा नेपाल बङ्गलादेशसँग ३-० ले पराजित भएको हो ।  

Open photo

जारी प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल श्रीलङ्कासँग दुई-दुई गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा माल्दिसविरुद्ध  नेपालले जित हासिल गरेको थियो।  

त्यस्तै भारतसँग नेपाल पराजित भएको थियो। जारी प्रतियोगितामा महिलातर्फ कुल सात टोलीले सहभागिता जनाइरहेका छन्।

 

प्रकाशित: ५ माघ २०८२ १५:०३ सोमबार