खेल

साफ फुटसल च्याम्पियनसिपः नेपालले पाकिस्तानलाई हरायो

साफ फुटसल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ नेपालले पाकिस्तानलाई पराजित गरेको छ ।  

बुधबार थाइल्यान्डको राजधानी बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा नेपालले पाकिस्तानलाई ५-१ गोलले पराजित गरेको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो।  

नेपालले पाकिस्तानविरुद्ध पहिलो हाफमा तीन गोलको अग्रता लिएको थियो। दोश्रो हाफमा २ गोल थप गरेको नेपालले एक गोल खाएको थियो ।  

नेपाललले यसअघि माल्दिभ्सलाई ५-० गोलले पराजित गरेको थियो।

प्रकाशित: ७ माघ २०८२ १८:०६ बुधबार