खेल

साफ फुटसल च्याम्पियनसिप: नेपाल र श्रीलंका खेल्दै

दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेल आजबाट सुरु हुँदैछ।

मगंलबार नेपाली महिला टोलीले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल थाइल्यान्डको बैंककको नोनथाबुरी फुटसल रगंशालामा नेपाली समय अनुसार बेलुका ५:४५ मा सुरु हुनेछ।

कूल सात टोलीले सहभागिता जनाएको सो च्याम्पियनसिप जनवरी २६ गतेसम्म हुनेछ। पुरुषतर्फको खेलहरू भने भोलिबाट सुरु हुनेछ।

प्रकाशित: २९ पुस २०८२ ११:१२ मंगलबार