खेल

साफ फुटसल च्याम्पियनसिप: आज नेपाल र माल्दिभ्स खेल्दै

दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिप अन्तर्गत आज महिलातर्फको खेलमा नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्दै छन्।

बिहीबार थाइल्यान्डको बैंककमा नोनथाबुरी रंगशालाको फुटसल एरिनामा खेल हुँदैछ। नेपाली समय अनुसार खेल दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग २-२ को बराबरी खेलेको थियो। त्यस्तै, माल्दिभ्स भने आफ्नो पहिलो खेलमा भारतसँग ११–१ ले पराजय भएको थियो।

प्रकाशित: १ माघ २०८२ ११:३१ बिहीबार