आगामी नोभेम्बरमा बङ्गलादेशमा हुने साफ च्याम्पियनको खेल तालिका सार्वजनिक भएको छ।
सार्वजनिक तालिका अनुसार प्रतियोगितामा ६ वटा देशको सहभागिता रहने भएको छ। समूह 'ए' मा आयोजक बङ्गलादेश संगै श्रीलंका र भुटान रहेका छन्।
त्यसतै, समूह बीमा साविक विजेता भारत संगै पाकिस्तान र माल्दिभस रहेका छन्। प्रतियोगिता नोभेम्बर ४ देखि १७ सम्म सञ्चालन हुने भएको छ।
साफमा ७ वटा देश रहे पनि नेपाल भने फिफाको कारबाहीका कारण सहभागिता हुन नपाउने भएको छ।
प्रकाशित: १७ श्रावण २०८३ ११:३६ आइतबार