साफ यू-२० महिला च्याम्पियनसिपको डबल राउन्ड रोबिन लिगमा नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्दैछ। गत मङ्गलबार भएको खेलमा नेपाल ७-० ले विजयी भएको थियो।
नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ ले पराजित भएको थियो। श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९-१ को फराकिलो हार बेहोरेको थियो। दोस्रो खेलमा भुटानसँग ५-० को हार बेहोरेको थियो।
प्रतियोगितामा बंगलादेश ३ खेलमा ९ अङ्कसहित शीर्ष स्थानमा छ भने ३ खेलमा ६ अङ्क जोडेको नेपाल दोस्रो र ३ अङ्क भएको भुटान तेस्रो स्थानमा छ। चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ। अन्तिममा धेरै अङ्क जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।
आजको खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ।
प्रकाशित: १ श्रावण २०८२ ०६:४८ बिहीबार