खेल

क्यानडियन ओपनमा रिबाकिनाको शानदार पुनरागमन, ओसाकालाई हराउँदै सेमिफाइनलमा

क्यानडियन ओपनको क्वार्टरफाइनलमा चार पटककी ग्रान्डस्लाम विजेता नाओमी ओसाकालाई पराजित गर्दै एलेना रिबाकिना सेमिफाइनल प्रवेश गरेकी छन्।

रिबाकिनाले ओसाकालाई ४–६, ७–६ ,६–४ को सेटमा हराएकी हुन्। खेल दुई घण्टा ३३ मिनेट सम्म चलेको थियो।टोरन्टोमा भएको खेलको पहिलो सेटको सुरुवाती गेममै जापानकी ओसाकाले रिबाकिनाको सर्भिस तोडिन्। त्यसपछि उनले आफ्नो अग्रता कायम राख्दै पहिलो सेट ६–४ ले जितिन्।

दोस्रो सेटमा पनि ओसाका बलियो देखिइन्। रिबाकिनाले एक ब्रेक फिर्ता लिए पनि ओसाकाले फेरि सर्भिस ब्रेक गर्दै ४–२ को अग्रता बनाइन्। तर त्यसपछि खेलको दिशा बदलियो। रिबाकिनाले लगातार तीन गेम जित्दै अग्रता उल्टाइन् र टाइब्रेकरमा ७–५ को जित निकाल्दै खेल बराबरीमा पुर्‍याइन्।

अब रिबाकिनाले क्यानडियन ओपनको सेमिफाइनलमा कोको गफसँग प्रतिस्पर्धा गर्नेछिन्। बेलिन्डा बेन्चिचले हिपको चोटका कारण खेलबाट नाम फिर्ता लिएपछि गफ सेमिफाइनल पुगेकी हुन्। यसैबीच, ओसाकाले यूएस ओपनअघि हुने अन्तिम प्रतियोगिता सिनसिनाटी ओपनबाट थकानका कारण नाम फिर्ता लिने घोषणा गरेकी छन्।

प्रकाशित: २८ श्रावण २०८३ ०८:५६ बिहीबार