खेल

आठ वर्षपछि विजय हजारे ट्रफीमा पुनरागमन गरेका रोहितले ६२ बलमा शतक प्रहार गरे

भारतीय क्रिकेटर रोहित शर्माले आठ वर्षपछि विजय हजारे ट्रफीमा पुनरागमन गरेका छन्।

लामो समय यो प्रतियोगिताबाट टाढा रहेका रोहितले पुनरागमन गरेकै खेलमा ६२ बलमा शतक प्रहार गरेर उत्कृष्ट सुरुवात गरेका हुन्। बुधबार मुम्बईको प्रतिनिधित्व गरेका उनले सिक्मिविरुद्धको खेलमा शतक प्रहार गरे।

आजकै खेलमा रोहितले लिस्ट 'ए' करियरको सबैभन्दा छिटो शतक पनि बनाए। उनको यसअघिको सबैभन्दा छिटो शतक २०२३ को विश्वकपमा ६३ बलमा बनेको थियो। यो शतक उनको लिस्ट 'ए' क्रिकेटमा ३७ औं शतक हो, जसले उनलाई ५० ओभरको ढाँचामा १४ हजार रन पूरा गर्ने नजिक पुर्‍याएको छ।

आजै भएको अर्को खेलमा भारतका युवा खेलाडी वैभव सूर्यवंशी 'ए' लिस्ट क्रिकेटमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।

प्रकाशित: ९ पुस २०८२ १५:५१ बुधबार