खेल

नेपाल संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त

सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) र रजिस्ट्रार (कुलसचिव) नियुक्त गरेको छ।  

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रेक्टरमा प्राडा जगन्नाथ रेग्मीलाई र रजिस्ट्रारमा आफूलाई नियुक्त गरेको प्राडा नवराज कट्टेलले जानकारी दिनुभयो। आफूहरू नियुक्तिपत्र लिएर दाङ फर्कन लागेको समेत उनले बताएका छन्।

उक्त विश्वविद्यालयको उपकुलपतिमा प्राडा भीम खतिवडा यसअघि नै नियुक्त भइसकेका छन्। नियुक्त तीनैजना पदाधिकारी खुला प्रतिस्पर्धाबाट चयन भएका हुन्।

सरकारले प्राडा माधवशरण उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो। उक्त समितिले खुला प्रतिस्पर्धा गराएर तीन पदाधिकारीका लागि तीन-तीनजनाको नाम सिफारिस गरेको थियो।

प्रकाशित: २५ भाद्र २०८३ १३:०१ बिहीबार