खेल

रवि बोपाराको विस्फोटक अर्धशतक, २९ बलमै पूरा गरे ५० रन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा चितवन राइनोजका अनुभवी विदेशी खेलाडी रवि बोपाराले उत्कृष्ट अर्धशतक प्रहार गरेका छन्।

सुरुवाती विकेटहरू गुमाएर दबाबमा परेको चितवनको इनिङ्स उकास्ने क्रममा बोपाराले आक्रामक ब्याटिङ गरे।

उनले मात्र २९ बलमा २ चौका र ३ छक्काको मद्दतले आफ्नो ५० रन पूरा गरेका हुन्। १७२.४१ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका बोपाराले विराटनगरका बलरहरूमाथि हाबी हुँदै टोलीलाई बलियो स्थितितर्फ डोर्याएका छन्।

यसअघि सैफ जािबले ३२ र देव खनालले २८ रन बनाएर आउट भएका थिए। विराटनगरका कप्तान सन्दीप लामिछानेले मध्यक्रममा दुई विकेट लिए पनि बोपाराले इनिङ्स सम्हालेका छन्।

ताजा स्थितिमा १७.३ ओभरको खेल सकिँदा चितवनले ४ विकेटको क्षतिमा १४६ रन बनाएको छ। क्रिजमा बोपारा ५० रन र कप्तान कुशल मल्ल ११ रन बनाएर खेलिरहेका छन्।

प्रकाशित: १० मंसिर २०८२ १७:२९ बुधबार