नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत विराटनगर किंग्स र कर्णाली याक्सबीचको खेल सुरु हुनुअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा छिटपुट वर्षा भएको छ।
वर्षा सुरु भएलगत्तै मैदानका कर्मचारीहरूले सम्भावित क्षति रोक्न मुख्य पिच र आउटफिल्डलाई कभरले ढाकेका छन्।
अहिले रंगशालामा खेल हेर्न पुगेका दर्शकहरू वर्षा रोकिने प्रतीक्षामा छन्। मौसममा सुधार आएर कभर हटाइएपछि अम्पायरहरूले मैदानको अवस्था निरीक्षण गर्नेछन्।
प्रकाशित: १२ कार्तिक २०८३ १६:२१ बिहीबार