खेल

पुष्पलाल स्मृति ब्याडमिन्टन: क्षितिज र प्रफुल सेमिफाइनलमा

२०औं एसियाडको तयारीमा रहेका क्षितिज खनाल र प्रफुल महर्जनले १४औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल (शीर्ष आठ वरीयता) मा सेमिफाइनल यात्रा तय गरेका छन्।

ग्वार्कोस्थित सहआयोजक यल स्पोर्ट्स एकेडेमीको कभर्डहलमा बुधबार भएको समूह ‘ए’ को लिग खेलमा एपिएफका क्षितिजले दोस्रो जित निकाल्दै सेमिफाइनल स्थान पक्का गरेका हुन्।क्षितिजले नेपाल पुलिसका जीवन आचार्यलाई २१–१३, २३–२१ ले हराए। उनले पहिलो खेलमा नम्बर एक तथा पूर्व विश्व जुनियर शीर्ष खेलाडी प्रिन्स दाहाललाई हराएका थिए।पिस फिटनेस क्लबका विष्णु कटुवाल पनि यसै विधामा सेमिफाइनलमा पुगेका छन्।

यसै विधामा एपिएफका प्रिन्सले पुलिसका सुनील जोशीमाथि २१–१४ र २१–१९ को जित निकाले।प्रिन्स र सुनीलको समान एक जित भएको छ। सेट जितको आधारमा प्रिन्स सुनीलभन्दा अगाडि छन्। सुनीलले पनि पहिलो खेलमा पुलिसकै जीवन आचार्यमाथि जित निकालेका थिए।

पुरुषकै समूह ‘बी’ को दोस्रो खेलमा आआफ्ना प्रतिद्वन्द्वीमाथि जित रच्दै विष्णु र आर्मीका प्रफुलले पनि सेमिफाइनलमा स्थान बनाएका हुन्। विष्णुले पुलिसका दीपक बोहरामाथि २१–१७, २१–१७ को जित रचे।प्रफुलले एपिएफका देवराज रानालाई २१–१९, ११–२१, २१–१९ ले हराए। प्रफुल सेट जितका आधारमा दोस्रो स्थानमा छन्। समूहविजेता र उपविजेताको टुङ्गो भने शुक्रबार हुने लिगको अन्तिम खेलबाट हुनेछ।

नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताका महिला एकल (शीर्ष आठ वरीयता) तर्पm लिगमा समूह ‘बी’ बाट तीन खेलमा दुई जितसहित एपिएफकी रिहाना शेरचन र पुलिसकी नीता लम्सालले सेमिफाइनलमा  स्थान बनाए।

सेट जितका आधारमा शेरचनले नीतालाई पछाडि पारेकी छन्। समूहविजेता र उपविजेताको छिनोफानो बिहीबार हुने खेलबाट हुनेछ। समूह ‘ए’ को खेलमा भने नेपाल नम्बर एक नेपाल आर्मीकी रसिला महर्जन र पुलिसकी सेस्ना श्रीपाली १/१ जितका साथ अग्रस्थानमा छन्।

उक्त समूहको सेमिफाइनल स्थानको छिनोफानो शुक्रबार हुने लिगको अन्तिम खेलपश्चात् हुनेछ। सेस्नाले आर्मीकी अनुमाया राईलाई १७–२१, २१–११, २१–१३ ले हराइन्। रसिलाले पहिलो खेलमा शेस्नालाई नै हराएकी थिइन्। यु–१५ ब्वाइज एकलतर्फ आर्मीका रिजन मगरले मण्डला ब्याडमिन्टन एकेडेमीका ज्योतिरादित्य चौधरीलाई २१–१५, २१–१४ र धन्यन्तरीका सुहम कार्कीले इमाडोल ब्याडमिन्टन स्पोटर््स क्लबका प्रशान्त बुढाथोकीलाई २१–७, २१–१४ ले हराउँदै अन्तिम १६ को यात्रा तय गरे।

यसै विधामा कञ्चनपुरका उदय चन्दले कपिलवस्तुका निश्चल अग्रहरीलाई २१–१०, २१–११, बालकुमारी रिमिक्सका प्रज्वल वज्राचार्यले पुलिस स्कुल काभ्रेका इशान गिरीलाई १०–२१, २१–१७, २१–१८, सिन्धुलीका दीप थिङले पुलिस स्कुलका श्याम भण्डारीलाई २१–८, २१–२, आर्मीका आशुतोष कसौधनले सुर्खेतका समीर अधिकारीलाई २१–१२, १९–२१, २१–१२ र सूर्यदर्शनका सोनम ओलीले पुलिस स्कुलकै सिद्धान्त श्रेष्ठलाई २१–१२, २१–१४ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएका छन्।

यु–१९ महिला एकलमा कस्तुरी कलेजकी अञ्जिला राई, चितवनकी सुष्मा भुजेल, एपिएफकी प्रेन्शा श्रेष्ठ र अजरेन्का शेरचन, धादिङकी निष्ठा श्रेष्ठ, एपिएफकी स्वर्लिन श्रेष्ठ र एसबिएकी सविज्ञा दाहालले अन्तिम १६ मा स्थान बनाएका छन्।

यसै विधामा एपिएफकी आश्रुति कार्की, आर्मीकी समृद्धि श्रेष्ठ र फिट नेपाल स्पोर्ट्स प्लेक्सकी श्रीशा पौडेलले पनि अन्तिम १६ मा स्थान पक्का गरे।अञ्जिलाले सेन्ट जेभियरका दृष्टि कोइरालालाई २१–४, २१–६, सुष्माले ग्यालेक्सीकी कृष्मा तामाङलाई २१–३, २१–१०, प्रेन्शाले कपिलवस्तुकी विलक्षणा सिंहलाई २१–६, २१–१७, अजरेन्काले सेन्ट जेभियरकी इभानी भण्डारीलाई २१–७, २१–६, निष्ठाले ग्लोबल स्कुल अफ साइन्सका अक्षरा यादवलाई २१–१२, २१–७, विशेषता खड्काले देवीनगर ब्याडमिन्टन क्लबकी दिव्यानी आचार्यलाई २१–८, २१–१२ ले हराए।

पुरुष यु–१९ एकलमा पुलिसका कबिर केसी र आर्मीका प्रतीक विष्टले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरे। कबिरले धन्यन्तरीका सुहम कार्कीलाई २१–१९, २१–१९ र विष्टले धादिङका आयुष मगरलाई २१–१०, २१–९ ले हराए। आर्मीका सौर्य महर्जनले पुलिसका रितिक आचार्यलाई २१–१०, २१–९ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएका छन्।

प्रकाशित: २८ श्रावण २०८३ ०६:५७ बिहीबार