खेल

प्रधानमन्त्री कप क्रिकेट : पुलिसले बागमती प्रदेशलाई हरायाे

तस्वीर : नेपाल क्रिकेट संघ (क्यान)

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ। 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज (बिहीबार) भएको खेलमा पुलिसले बागमती प्रदेशलाई सात विकेटले हराएको हो। बागमतीले दिएको २६६ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। 

पुलिसको जितमा ओपनर शङ्कर रानाले ११६ रनको शतकीय पारी खेले। उनले १२८ बलमा १३ चौका र चार छक्का प्रहार गरे। त्यस्तै दिनेश खरेलले ७५ बलमा आठ चौका र तीन छक्काको सहयोगमा ७० रनको अर्धशतकीय पारी खेले। त्यस्तै कप्तान आरिफ शेख ४३ तथा रशिद खान १० रनमा अविजित रहे।

बलिङतर्फ बागमतीको रिजन ढकाल, सन्दीप लामिछाने र सुवास खत्रीले समान एकरएक विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको बागमतीले ४९ दशमलब २ ओभरमा सबै विकेट गुमाउदै २६५ रन बनाएको थियो। उसका लागि पवन थापाले सर्वाधिक ७९ रन जोडे। उनले १०१ बलमा ६ चौका र एक छक्का प्रहार गरे। त्यस्तै इशान पाण्डेले ८० बलमा ७१ रन बनाए। आशुतोष घिरैयाले २२, उत्तम थापाले २१ तथा कप्तान सन्दीप लामिछानेले १३ रन जोडे।  

पुलिसका लागि दिनेश खरेल र रशिद खानले समान तीनरतीन विकेट लिए भने करण केसीले दुई  विकेट लिए। प्रतियोगितामा तीन विभागीय  टोलीसहित सात प्रदेशको सहभागिता छ। प्रतियोगिताको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख प्राप्त गर्ने छन्।  

प्रकाशित: १२ चैत्र २०८२ १८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App