आगामी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक खेलाडी घोषणा भएको छ।
आगामी चैत १२ गते घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्दै छ। नेपाली टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले पहिलो चरणको बन्द प्रशिक्षणका लागि ४९ खेलाडीलाई बोलाएका हुन्। यो खेललाई एएफसी कप छनोटको तयारीका रूपमा लिइएको छ।
नेपालले एएफसी कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा मार्च ३१ (चैत्र १७ गते) मा लाओसको सामना गर्दै छ। नेपाली टोलीमा अभिषेक लिम्बू, आदित्य शाक्य, अजय चौधरी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आविष्कार खड्का, आयुष घलान, भरत खवास, विशाल सुनार, दीप कार्की, दीपेश गुरुङ, दिनेश हेन्जन, दिवाकर चौधरी, जर्जप्रिन्स कार्की, जिलेस्पीजंग कार्की, किरण चेम्जोङ, किरण सुनार, कृतीशरत्न छुन्जु, कुशल देउवा, लक्षु थापा र लाकेन लिम्बू छन्।
त्यस्तै टोलीमा मणि लामा, मनीष डाँगी, मिलन राई, नवयुग श्रेष्ठ, ओशेन्द्र कटुवाल, पदम भट्टराई, पदमकुमार तामाङ, पेम्बा दोर्जे लामा, प्रदीप बुढाथोकी, प्रदीप लामा, प्रतापसिंह राई, रामबाबु कुमार शा, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सकल रेग्मी, सनिस श्रेष्ठ, सरज तामाङ, शंकर थारु, सृजनराज गौतम, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, सुरज गुरुङ, योगेश धिमाल, योगेश गुरुङ र युवराज खड्का प्रारम्भिक टोलीमा अटाएका छन्। नव नियुक्त प्रशिक्षक एरिनाले आफ्नो पहिलो लक्ष्य गोलस्कोरिङमा सुधारका लागि काम गर्ने उल्लेख गरेका छन्।
प्रकाशित: २ चैत्र २०८२ ०८:२६ सोमबार