खेल

अभ्यास खेल: सन्दीपको शतकप्रेरित नेपाल 'ए'ले अमेरिकालाई दियो २६५ रनको लक्ष्य

काठमाडौंको मूलपानीमा जारी अभ्यास खेलमा सन्दीप जोराको शतकप्रेरित नेपाल 'ए'ले अमेरिकी टोलीलाई २६५ रनको लक्ष्य दिएको छ। 

सोमबार मूलपानी माथिल्लो क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल 'ए'ले ४९.५ ओभरमा सबै विकेट गुमाएर २६४ रन बनायो।

नेपाल 'ए'को लागि सन्दीप जोराले शतक पारी खेले। सन्दीपले ११५ बलमा १११ रन बनाउँदै पेभिलियन फर्किए। सो क्रममा उनले ९ चौका र ४ छक्का समेत प्रहार गरे। 

त्यस्तै, नेपाल 'ए' का कप्तान अनिल कुमार साह ९ रनमा पेभिलियन फर्किदा, कुशल्ल मल्ल ८ रनमै समेटिए।

जारी अभ्यास खेलमा नेपाल अपराजित छ। सोमबार पनि अमेरिकालाई हराउँदै नेपाल अपराजित रहन योजनमा छ।

प्रकाशित: २८ वैशाख २०८३ १३:३१ सोमबार