नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा ८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले पावरप्लेमै खेल आफ्नो पक्षमा पारेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जवाफी ब्याटिङ गरिरहेको लुम्बिनीले पहिलो ६ ओभर (पावरप्ले) को समाप्तिमा २ विकेट गुमाएर ७२ रन बनाएको छ। टोलीलाई अब उपाधि जित्न १४ ओभरमा मात्र १४ रन आवश्यक छ।
लुम्बिनीलाई पावरप्लेमा विस्फोटक सुरुवात दिलाउन ओपनर दिनेश अधिकारीले आक्रामक ब्याटिङ गरे। उनले मात्र १३ बलमा ५ छक्का र १ चौकाको मद्दतले ४२ रन बनाए।
उनले इनिङको पहिलो ओभरमै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ४ छक्का प्रहार गरेका थिए।
प्रकाशित: २७ मंसिर २०८२ १७:५० शनिबार



