प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३५६ रनको लक्ष्य दिएको छ।
मगंलबार माथिल्लो मूलपानी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रन बनायो।
पुलिसको लागि ओपनर दिनेश खरेल र कप्तान आरिफ शेखले अर्धशतकीय पारी खेले। खरेलले ५२ बलमा ६० रन बनाउँदा शेखले ५० रन बनाए।
एपीएफको लागि कमल ऐरी र अमर रोटेल समान २/ २ विकेट लिए।
प्रकाशित: १० चैत्र २०८२ १२:५५ मंगलबार