खेल

पिएम कपः बाग्मतीले मधेशलाई दियो २०९ रनको लक्ष्य

जारी प्रधनामन्त्री क्रिकेट कप प्रतियोगितामा बाग्मती प्रदेशले मधेश प्रदेशलाई २०९ रनको लक्ष्य दिएको छ।  

शुक्रबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बााग्मतीले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २०८ रन बनायो। 

बाग्मतीको लागि उतम मगरले सर्वाधिक ४४ रन बनाए। ७६ बलको सामन गरेका उनले एक चौका प्रहार गरे। यस्तै, कप्तान सन्दीप लामिछानेले ३६ रन बनाए।  

मधेशको लागि पवन सर्राफले ३ विकेट लिदाँ आदिल आलम र रन्जित कुमारले समान २/२ विकेट लिए।

प्रकाशित: २७ चैत्र २०८२ १२:३५ शुक्रबार