जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई २९५ रनको लक्ष्य दिएको छ।
मगंलबार तल्लो मूलपानी क्रिकेट रंगशालामा टस होर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निरर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४ रन बनायो।
बागमतीको लागि इशान पान्डे र आशुतोष घिरैयाले अर्धशतकीय पारी खेले। पान्डेले ७१ रन बनाउँदा घिरैयाले ५९ रन बनाए।
गण्डकीको लागि कमल परियारले २ विकेट लिए।
प्रकाशित: १० चैत्र २०८२ १३:१७ मंगलबार