खेल

पिएम कप : बाग्मती प्रदेशले आर्मीलाई दियो २०९ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गतको जारी खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई २०९ रनको लक्ष्य दिएको छ। 

मौसम खराब भएपछि आईतबार मूलपानी माथिल्लो क्रिकेट मैदानमा टस ढिलो भएको थियो। ५० ओभरको खेल खेलाउन सभ्भव नभएपछि घटाएर २८ ओभरको खेल खेलाइएको हो। 

टस हारेर पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित २८ ओभरमा ७ विकेट गुमाएर २०८ रन बनायो।  बागमतीका ओपनर आशुतोष घिरैयाले सर्वाधिक ३८ रन बनाए। त्यस्तै, कप्तान सन्दीप लामिछाने २१ रन बनाएर  नटआउट रहे। 

आर्मीको लागि नरेन साउदले ४ विकेट लिए।

प्रकाशित: १५ चैत्र २०८२ १५:१३ आइतबार