पाकिस्तानले आउँदो महिला एकदिवसीय विश्वकपका लागि २० वर्षीया नयाँ खेलाडी ऐमन फातिमालाई समावेश गर्दै १५ सदस्यीय टोली घोषणा गरेको छ। विश्वकपमा टोलीको नेतृत्व फातिमा सानाले गर्नेछन् । उनले पहिलो पटक विश्वकपमा टोलीको नेतृत्व गर्न लागेकी हुन् ।
विश्वकपको तयारीमा रहेको पाकिस्तानी टोलीले सेप्टेम्बर १६ देखि घरेलु मैदानमा साउथ अफ्रिकाविरुद्ध तीनवटा एकदिवसीय खेल खेल्नेछ । सो अघि पाकिस्तानी टोली अगस्ट २९ देखि १४ दिने प्रशिक्षण शिविरमा भाग लिनेछ।
छनोट प्रतियोगितामा समावेश नरहेकी ऐमन फातिमालाई एकैपटक विश्वकपको अन्तिम टोलीमा समावेश गरिएको हो । उनीसँगै सादफ शमाससँगै टोलीमा परेकी छन्। उनीहरूले गुल फरोजा र नाजीहा अल्वीलाई स्थानान्तरण गर्नेछन् । फारोजा र नाजीहलाई भने वैकल्पिक खेलाडीमा राखिएको छ । वैकल्पिक खेलाडीमा तुबा हसन, उम्म-ए-हानी र वहिदा अख्तर पनि छन्।
फातिमाले यहीँ महिना आयरल्यान्डविरुद्ध डब्लिनमा भएको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी हुन् । पाकिस्तानले अक्टोबर २ मा बंगलादेशविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ । अक्टोबर ५ मा पाकिस्तानले भारतविरुद्ध खेल्नेछ।
विश्वकप खेल्ने पाकिस्तानी महिला टोलीः
-फातिमा साना (कप्तान)
-मुनीबा अली (उप–कप्तान)
-अलिया रियाज
-डियाना बैग
-ऐमन फातिमा
-नश्रा सन्धु
-नतालिया परवेज
-ओमैमा सोहैल
-रमीम शमीम
-सादफ शमास
-सादिया इकबाल
-शवाल जुल्फिकार
-सिद्रा अमिन
-सिद्रा नवाज (विकेटकिपर)
-सैयदा अरुब शाह
-वैकल्पिक खेलाडीः गुल फरोजा, नाजीहा अल्वी, तुबा हसन, उम्म-ए-हानी, वहिदा अख्तर
प्रकाशित: ९ भाद्र २०८२ १५:२८ सोमबार