खेल

पाकिस्तानले टस जित्यो, भारतलाई ब्याटिङको निम्तो

आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत आज भइरहेको चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेलमा पाकिस्तानले टस जितेको छ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुन लागेको समूह ‘ए’ को २७ औं खेलमा पाकिस्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो।

टस जितेका पाकिस्तानी कप्तानले भारतलाई पहिले ब्याटिङको निम्तो दिएका छन्।

नेपाली समय अनुसार खेल साँझ ७:१५ बजे सुरु हुनेछ।

प्रकाशित: ३ फाल्गुन २०८२ १९:१३ आइतबार