खेल

पाकिस्तानले भन्यो- भारतसँगको खेल विश्व क्रिकेटमा इतिहास रच्न केन्द्रित हुनेछ

पाकिस्तानका मुख्य प्रशिक्षक माइक हेसनले पाकिस्तानले भारत होइन क्रिकेटमा ध्यान केन्द्रित गर्नुपर्ने  बताएका छन्।  

उनले आइतबार भारत र पाकिस्तानबीच हुने फाइनलमा खेलाडी खेलप्रति केन्द्रित हुन सुझाएका छन् । खेलाडीलाई खेल र खेलको रणनीति बारे बताउँदै उनले विश्वमा पाकिस्तानी क्रिकेटको चर्चा हुनुपर्ने बताए ।  

उनले यो खेल विश्व क्रिकेटमा इतिहास रच्ने गरी खेल्नपर्ने आवश्यकता रहेको बताएका छन् ।

उनले भने, ‘खेलाडीहरुलाई मेरो सन्देश भनेको क्रिकेटमा ध्यान केन्द्रित गर्नु हो । उनीहरुले क्रिकटैमै ध्यान केन्द्रित गर्छन भन्नेमा म विश्वस्त छु।’

जारी प्रतियोगितामा भारत र पाकिस्तानबीच विवाद भइरहेको छ। पहिलो खेलपछि भारतले पाकिस्तानसँग हात मिलाउन अस्वीकार गरेको थियो भने दोस्रो खेलपछि पनि दुवै टोलीले हात मिलाएका थिएनन्। यसको कारण गत अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलालाई लिइन्छ ।  

राजनीतिक विषय खेलमा ल्याउन नहुने तर्क एकथरीको रहँदा भारत र पाकिस्तानबीच राजनीतिक विषय मैदानमै झल्किनु सुखद नहुने खेलप्रेमी बताउँछन् ।  

राजनीतिक निकास आवश्यक हो । यो राजनीतिक क्षेत्रबाटै समाधान होला तर मैदानमा खेल र खेलको विकासमा खेलाडी केन्द्रित हुनुपर्ने विश्लेषक बताउँछन् ।  

प्रशिक्षक हेसले पनि यही विषयलाई जोड दिइरहेका छन् । उनको भनाइ पनि खेलाडीले एकले अर्कोलाई दुस्मन मान्ने नभइ खेललाई माया गर्ने र नतिजा उन्नत निकाल्ने भन्नेमा केन्द्रित रहेको बताएका छन् । उनले भनेका छन्, ‘भारतलाई हामीले खेलमा दबाबमा राख्नपर्छ । त्यो हाम्रो चुनौती हो । भारतलाई लामो समयसम्म दबादबमा राख्न हामीले राम्रो प्रयास गर्नुपर्छ । यदी त्यसो भयो भने विश्व क्रिकेटमा हामी फेरि उदाउनेछौँ ।’

जारी प्रतियोगितामा भारत र पाकिस्तान तेसो पटक आमने-सामने हुँदैछन्। यसअघिका दुई भेटमा भारतले पाकिस्तानलाई हराएको थियो । एसिया कपको उपाधिलाई भने भारत र पाकिस्तान पहिलो पटक भिड्दैछन् । 

प्रकाशित: १० आश्विन २०८२ १८:१० शुक्रबार