खेल

३४४ रनको जवाफमा पाकिस्तानको शानदार ब्याटिङ, बाबर–शफिक चम्किए

वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानले उत्कृष्ट जवाफी ब्याटिङ गरेको छ। वेस्ट इन्डिजले पहिलो इनिङ्समा ३४४ रन बनाएपछि पाकिस्तानले दोस्रो दिनको खेल सकिँदा  सम्म २ विकेटको क्षतिमा २६६ रन बनाएको छ।

वेस्ट इन्डिजका लागि जस्टिन ग्रिभ्सले सर्वाधिक ७३ रन बनाए। उनको महत्वपूर्ण इनिङ्ससँगै वेस्ट इन्डिजले १०५.४ ओभरमा ३४४ रनको योगफल खडा गरेको थियो।

जवाफमा पाकिस्तानका अब्दुल्लाह शफिकले १०७ रनको अविजित शतक बनाए। बाबर आजम ८६ रनमा नटआउट छन्। दुईबीच तेस्रो विकेटका लागि १६८ रनको अविजित साझेदारी भइसकेको छ।

शफिकले सन् २०२४ पछि पहिलो टेस्ट शतक पूरा गरेका हुन् भने बाबर चार वर्षपछि टेस्ट शतकको नजिक पुगेका छन्। पाकिस्तान अब वेस्ट इन्डिजको पहिलो इनिङ्सको स्कोरभन्दा ७८ रन मात्र पछाडि छ।

अजान अवाइसले पनि अर्धशतक प्रहार गर्दै पाकिस्तानलाई राम्रो सुरुआत दिलाएका थिए। शफिक र बाबरको साझेदारीपछि भने खेलको दबाब वेस्ट इन्डिजमाथि सरेको छ।अब पाकिस्तानको लक्ष्य वेस्ट इन्डिजको ३४४ रन पार गर्दै पहिलो इनिङ्समै अग्रता लिने हुनेछ।

प्रकाशित: १९ श्रावण २०८३ ०६:३५ मंगलबार