खेल

एसिया कप खेल्ने पाकिस्तानी टोलीको घोषणा, बाबर र रिजवान टोलीबाट बाहिरिए

तस्बिर: एपी

पाकिस्तानले एसिया कप र त्रिकोणत्मक टी- २०सिरिज खेल्ने राष्ट्रिय  टोलीको घोषणा गरेको छ।  

पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)ले आइतबार त्रिकोणात्कम सिरिज र एसिया कप खेल्ने टोलीको घोषणा गरेको हो। टोलीको नेतृत्व सलमान अलि आघाले गर्ने छन्।

तर, यी दुवै टुर्नामेन्टको लागि पाकिस्तानका पूर्व कप्तान बाबर अजाम र मोहम्मद रिजवान टोलीमा समावेश छैनन्।  

पाकिस्तानले यूएई र अफगानिस्तान २९ अगस्ट देखि ७ सेम्टेबरसँग त्रिकोणात्क टी-२० सिरिज युएईमा खेल्नेछ। त्यस्तै, युएईमा आयोजना हुने लागेको एसिया कपमा पाकिस्तान समूह "ए" मा परेको छ।

जहाँ पाकिस्तानसँगै भारत, ओमान र यूएई पनि एउटै समूहमा छन्। एसिसि एसिया कपमा कूल ८ टोलीले प्रतिस्पर्धा गर्ने छन्।

यस्तो छ पाकिस्तानी टोली:

सलमान अलि आघा (कप्तान), अबरार अहमद, फहीम अशरफ, फखर जमान, हरिस रउफ, हसन अली, हसन नवाज, हुसेन तलत, खुशदिल शाह, मोहम्मद हरिस (विकेटकिपर), मोहम्मद नवाज, मोहम्मद वसिम, साहिबजादा फरहान, साइम अयुब, सलमान मिर्जा, शाहीन शाह अफ्रिदी र सुफयान माेकिम

प्रकाशित: २ भाद्र २०८२ १३:४४ सोमबार