खेल

एकदिवसिय अभ्यासः ओमानले नेपाल ‘ए’ लाई दियो २८१ रनको लक्ष्य

जारी एकदिवसीय अभ्यास खेलमा ओमानले नेपाल ‘ए’लाई जितको लागि २८१ रनको लक्ष्य दिएको छ।  

बुधबार मूलपानी माथिल्लो क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८० रन बनायो।

ओमानको लागि मुजिबुर अलि र कप्तान जतिन्दर सिंहले  अर्धशतक बनाए। अलिले  ७२ रन बनाउँदा सिंहले  ५२ रन जोडे। ४२ बलको सामना गरेका उनले ४ छक्का र ३ चौका हानेका थिए।

नेपालको लगि आकाश चन्दले उत्कृष्ट ४ विकेट लिए। सन्तोष यादवले दुई विकेट लिँदा शोर मल्ल र रसिद खानले समान १/१  विकेट लिए। अब नेपालले जवाफी ब्याटिङ गर्दैछ।

प्रकाशित: ९ वैशाख २०८३ १३:२८ बुधबार