खेल

१४ वर्षीय वैभवले रचे इतिहास: लिस्ट ‘ए’ मा ३६ बलमै शतक, बने सबैभन्दा कान्छा शतकधारी

भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले लिस्ट ‘ए’ क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।

बुधबार भएको खेलमा बिहारको प्रतिनिधित्व गर्दै १४ वर्षीय वैभवले अरुणाचल प्रदेशविरुद्ध विष्फोटक ब्याटिङ गर्दै कीर्तिमान रचेका हुन्।

उनले मात्र ३६ बलमा शतक पूरा गर्दै लिस्ट ‘ए’ क्रिकेटको इतिहासमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड आफ्नो नाममा लेखाएका छन्।

भर्खरै एसिया कप खेलेर भारत फर्किएका वैभवले अरुणाचलका बलरहरूमाथि हावी हुँदै चौका र छक्काको वर्षा गरेका थिए। ३६ बलमै शतक पूरा गरेर उनले आफ्नो ब्याटिङ क्षमताको उत्कृष्ट नमूना पेश गरेका छन्।

सानो उमेरमै ठूलो सफलता हात पारेका वैभव यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल) बाट चर्चामा आएका थिए। उनले आफ्नो पहिलो आईपीएल खेलमै शतक प्रहार गरेर सबैभन्दा कान्छा खेलाडीका रूपमा कीर्तिमान बनाएको तथ्याङ्क छ। त्यतिबेला उनी मात्र १३ वर्षका थिए।

प्रकाशित: ९ पुस २०८२ १४:१३ बुधबार