ओएसिस इङ्लिस स्कुलको आयोजनामा तेस्रो ओएसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।
प्रतियोगितामा ३ विधामा २९ टोलीको सहभागिता रहने ओएसिसका कार्यकारी निर्देशक मिनकुमार लिम्बूले जनाएका छन्। सिनियर ब्वाइजमा १४, जुनियर ब्वाइजमा ६ र एसइईतर्फ ९ ब्वाइज टोलीको सहभागिता रहनेछ। एसइईतर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउनेछन्। ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही ३ हजार नगदबाट पुरस्कृत गरिनेछ। लिग कम नकआउटका आधारमा हुने दुईदिने प्रतियोगिताका खेल नखिपोटस्थित आयोजककै कोर्टमा खेलाइने छ।
प्रकाशित: २८ कार्तिक २०८२ १०:३३ शुक्रबार