खेल

राखेप सदस्यसचिव घिसिङले गरे प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन्। सदस्य सचिव घिसिङको पदावधि भोलि शनिबार सकिँदैछ।  

परिषद्का संरक्षक एवं प्रधानमन्त्री कार्कीले घिसिङले आफ्नो कार्यकालमा नेपाली खेलकुदका लागि गरेको योगदानको सह्राहना गर्दै आगामी सुखद जीवनको कामना गरेकी थिइन्।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, मुख्य सचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलगायतको उपस्थिति थियो।

प्रकाशित: १२ मंसिर २०८२ १८:५० शुक्रबार