खेल

एनपिएल : विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य

एनपिएलमा आजको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सले विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको हो।

सुदूरपश्चिम र विराटनगर दुवैले प्लेअफमा स्थान बनाइसकेका छन्। सुदूरपश्चिमले शीर्ष स्थान नै सुरक्षित गर्दै पहिलो क्वालिफायर खेल्ने भइसकेको छ। अब यो खेलको नतिजापछि सुदूरसँग पहिलो क्वालिफायर खेल्ने टोलीको पनि टुङ्गो लाग्नेछ।

प्रकाशित: २० मंसिर २०८२ १२:५५ शनिबार