खेल

एनपीएल सिजन २ः उद्घाटन खेलका सबै टिकट बिक्री

दोस्रो संस्रणको नेपाल पिमियर लिग (एनपीएल)को उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेका छन् ।  

नेपाल क्रिकेट  संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले उद्घाटन खेलको सबै टिकट सोल्ड आउट भएको बताए । उनले नागरिकसँग भने, ‘उद्घाटन खेलको सबै टिकट बिक्री भइसकेका छन् । सबै खेलको भने होइन् ।’

क्यानले बिहीबार बेलुका मात्र टिकट खुला गरेको थियो। २४ घन्टा नबित्दै पहिलो खेलको सबै टिकट बिक्री भएको हो ।  

क्यानको अनुसार उद्घाटनका दिन र शनिबारका खेलमा साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार ५०० रुपैयाँ तोकिकेको छ ।  

साताका अन्य दिन (आइतबारदेखि शुक्रबार) हुने खेलमा साधारण टिकट ५०० रुपैयाँमा उपलब्ध हुनेछ भने प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ छ।  

प्लेअफ र फाइनल खेलमा भने टिकटको मूल्य बढाइएको छ। यी महत्वपूर्ण खेलमा साधारण टिकट एक हजार रुपैयाँ प्रिमियम टिकट दुई हजार रुपैयाँमा खरिद गर्नुपर्नेछ ।  

एनपीएल सिजन-२ आउँदो मसिंर १ गतेदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबीच हुनेछ ।

 

प्रकाशित: २८ कार्तिक २०८२ १८:१० शुक्रबार