नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्ने छन् ।
यस्तै आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाज आमने-सामने हुनेछन् ।
प्रकाशित: २३ कार्तिक २०८३ ०८:२४ सोमबार