खेल

एनपिएल फाइनलः सुदूरपश्चिमको सुरुवाती ब्याटिङ क्रम धरासायी

नेपाल प्रिमियर लिग(एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सको प्रारम्भिक ब्याटिङ क्रम धरासायी भएको छ। लुम्बिनी लायन्सका बलरले सुरुका पाँच ओभरभित्रै सुदूरपश्चिमका तीन विकेट झारिसकेका छन्। जसमा विनोद भण्डारी, सेलडन ज्याक्सन र आरिफ शेखको विकेट छ।

विनोद र ज्याक्सनको विकेट रुबेन ट्रम्पलम्यानले लिए भने आरिफको विकेट शेर मल्लले लिएका छन्।  

प्रकाशित: २७ मंसिर २०८२ १६:०२ शनिबार