खेल

एनपीएलः विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

लाेकेश, इमरान र एन्ड्रीको अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले जनकपुर बोल्ट्ससामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ३ विकेट गुमाएर १७४ रनको योगफल तयार पारेको हो। 

विराटनगरका लागि लोकेश बमले ५० र इमरान शेखले ५६ रन बनाए। एन्ड्री रुसेल ५२ रनमा नटआउट रहँदा शुभम रन्जानेले ७ रनको योगदान गरे। ओपनर शेहन जयसूर्या भने एक रनमा क्याच आउट भएका थिए।  

विष्फोटक ब्याटिङ गरेका क्यारेबियन ब्याटर एन्ड्री रुसेलले २८ बलमा अर्धशतक पूरा गरे। ५ छक्का र २ चौका प्रहार गरेका उनी ५२ रनमा नटआउट रहे। 

लोकेशले ३९ बलमा ३ छक्का र ३ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन्। इमरानले ४० बलमा ५ चौका र २ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हन्।  

जनकपुरका लागि अभिशेख तिवारीले २ र मोइन अलीले एक विकेट लिए।  

विराटनगर र जनकपुरको यो आआफ्नो चौथो खेल हो। जनकपुरको चार अंक छ भने विराटनगरको २ अंक छ। 

प्रकाशित: १७ कार्तिक २०८३ १४:१० मंगलबार