खेल

एनपिएल-२ : सुदूरपश्चिममाथि विराटनगरको शानदार जित

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई विराटनगर किङ्ग्सले पराजित गरेको छ। विराटनगरले ६ विकेटले जितेको हो।

कीर्तिपुरस्थित रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १४७ रन बनाएको थियो।

प्रकाशित: २० मंसिर २०८२ १४:०२ शनिबार