इंग्लिस प्रिमियर लिगमा गएराति लिभरपुल बराबरीमा रोकिँदा न्युक्यासल युनाइटेडले महत्वपूर्ण जित निकालेको छ।
घरेलु मैदानमा लिभरपुल नटिङ्घम फरेस्टसँग २–२ गोलको बराबरीमा रोकिएको हो। फरेस्टका डान एनडोये र मोर्गन गिब्स-ह्वाइटले गोल गर्दा लिभरपुलका एलेक्जेन्डर इसाक र भिक्टर मुनोजले गोल गरे। मुनोजले खेल सकिन केही समयअघि गोल गर्दै लिभरपुललाई हारबाट जोगाएका थिए।
अर्को खेलमा न्युक्यासलले टोटनहम हट्स्परलाई २–० ले पराजित गर्यो। एन्थोनी इलांगा र योआने विसाले दोस्रो हाफमा गोल गरेपछि न्युक्यासलले तीन अंक जोडेको हो। टोटनहमले लिगका सुरुवाती दुई खेलमा गोल गर्न सकेको छैन। गए राति नि भएकमा अन्य खेलमा बोर्नमाउथ र एभर्टनले १–१ गोलको बराबरी खेल्दा हल सिटीले कोभेन्ट्री सिटीलाई १-० ले हरायो।
आज राति पनि प्रिमियर लिगमा चार खेल हुँदैछन्। चेल्सीले ब्राइटन एन्ड होभ एल्बियनसँग, लिड्स युनाइटेडले ब्रेन्टफोर्डसँग, सन्डरल्यान्डले फुलहमसँग तथा म्यानचेस्टर युनाइटेडले इप्सविच टाउनसँग प्रतिस्पर्धा गर्नेछ।
आइतबारको खेलमध्ये चेल्सी र ब्राइटन तथा म्यानचेस्टर युनाइटेड र इप्सविचबीचको भिडन्तलाई विशेष चासोका साथ हेरिएको छ।
प्रकाशित: १४ भाद्र २०८३ ०६:४८ आइतबार

-600x400.jpg)

