फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा नेदरल्याण्ड्स र मोरक्को खेलिरहेका छन्।
सुरुवाती अग्रता लिएको नेदरल्याण्ड्सविरुद्ध अन्तिम समयमा गोल फर्काएर मोरक्कोले खेललाई बराबरीमा ल्याएको हो।
मोन्टेरी रंगशाला जारी यो खेलमा ९०+१ मिन्टमा इस्सा डिओपले नेदरल्याण्ड्सविरुद्ध गोल फर्काएका थिए।
त्यसअघि, ३२ को राउन्डको यो खेलको ७२औं मिनेटमा कोडी ग्याकपोले गोल गर्दै मोरक्कोविरुद्ध नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए। खेल अतिरिक्त समय थपिएको छ। हाल १-१ गोलको बराबरीमा नेदरल्याण्ड्स र मोरक्को खेलिरहेका छन्।
प्रकाशित: १६ असार २०८३ ०८:५९ मंगलबार